×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चौधरी पक्राउ : जनमत र नाउपा बीचको एकता घोषणा सभा स्थगित

चौधरी पक्राउ : जनमत र  नाउपा बीचको एकता घोषणा सभा स्थगित

काठमाडौं ।  जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी  बीचको एकता घोषणा सभा एकाएक स्थगित भएको छ । एकता घोषणा सभाको तयारी भइरहेका बेला नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परे सँगै आजका लागि तय भएको एकता सभा रोकिएको छ । चौधरीलाइ  प्रज्ञा भवन कमलादी परिसरबाट सादा पोशाकमा रहेका प्रहरीले नियन्त्रणमा लिएर डिल्लीबजार कारागार पुर्‍याइएको छ । तर नियन्त्रणको कारण खुलेको छैन ।

जनमत पार्टीका प्रवक्ता शरद यादवले दिएको जानकारी अनुसार अब के गर्ने भन्नेबारे दुवै पार्टीबीच छलफल गरेर टुंगो लाग्नेछ । ‘अहिले तत्कालका लागि यो प्रक्रिया रोक्नुपर्ने स्थिति आयो,’ यादवले भने, ‘यो प्रक्रियालाई अघि बढाउन उपयुक्त देखिँदैन । आजका लागि यो कार्यक्रम स्थगित गरेका छौं ।’ टीकापुर काण्डका प्रमुख आरोपी चौधरी राष्ट्रपतिबाट कैद मिनाहा पाएर २०८० जेठ १५ गते जेलमुक्त भएका थिए । एकताका लागि कमलादीस्थित प्रज्ञा भवनको हलमा कार्यक्रम आयोजना गरिएको थियो । दुवै दलका नेता–कार्यकर्ता त्यहाँ उपस्थित भएका थिए ।

प्रतिकृया दिनुहोस्