×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेख र कालापानी छुट्यो : पोखरेल

नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेख र कालापानी छुट्यो : पोखरेल

काठमाडौ- नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले सरकारले नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेख र कालापानी छुटाएको बताएका छन्।

उनले शनिबार संसदमा भएको प्रि-बजेट छलफलमा सरकारले ती तीन स्थानको विषय छुटाएकाले त्यसमा खुट्टा नकमाउन सरकारलाई अनुरोध गरे। यसैगरी, नीति तथा कार्यक्रममा अन्तरमन्त्रालय समन्वय कसरी गर्ने भन्ने विषयमा समेत उल्लेख नभएको पोखरेलले बताए। यसका साथै, सुर्तीजन्य वस्तुको प्रयोगका विषयमा समेत सरकार चुप बसेकोमा उनले गुनासो गरे।

यसबाहेक कृषि क्षेत्रमा देशलाई आत्मनिर्भर बनाउने, माटो परीक्षण गर्ने, सिञ्चाई सुविधा विस्तार गर्ने, उत्पादन बढाउने दशकव्यापी अभियान र स्वास्थ्य क्षेत्रमा लिइएको नीति उपयुक्त भएको उनको भनाइ छ। यसैगरी, वि.स. २०८६ साल भित्रै दिगो विकासको लक्ष्य पुरा गर्ने विषय समेत उत्कृष्ट रहेको पोखरेलले बताए।

यसैगरी, नेपाल आयल निगमको एकाधिकार र चुहावट घटाउन समयमै सचेत बन्नुपर्ने बताउँदै उनले अत्याधिक खर्च घटाउने र पेट्रोलियम पदार्थको खपत घटाउनतर्फ ध्यान केन्द्रीत गर्नुपर्ने पोखरेलले बताए।

प्रतिकृया दिनुहोस्