निलो आकाश हरीयो धर्ति बिचको अन्तरद्वन्दमा
त्यो मानव को होला।
सदिऔं देखि निरासाका पहेँली
सत्य ठान्ने त्यो मानवको होला !
घुमिरहन्छ, एउटै परिधीमा त्यही सत्यको प्रवेगमा धुमिरहेछ
दम्भ खेलाई रहेछ सायद मानव भएरै गाउँन्छ, सर्वश्रेष्ठ चेतनशिल अनि विवेकताको गित,
बदलिरहेको प्रवृत्तिका प्रवेगले
उसलाई कतै कुछाई रहेछ
धकेली रहेछ कालो कोठेरीमा
विजुली जोडेर होला प्रकृति सम्भी रमाई रहेछ
मात्रामै रुमलिएको गुणात्मक बार परै छ
ऊ रूपान्तरणमा नि परै छ "
फोडेपछि चेतनाको क्षितिज
सिर्जनशिलताको भङ्ज्याङ
चौतारी अनि बेसी बाट ऊ परै छ ।
मात्रामै रमाएको ऊ गुणात्मक बाट परै छ ।
सिमित छन उसका जीवनका सुचकहरु
रुमली रहेछ, ऊ ति सिमित सुचकहरुमा ।।
भनिए पछि प्रगति यथास्थिती हरुमा
घुमेर गतिशिल भएका, चक्रिय प्रवेगहरूमा
पुग्न कहाँ सक्छ र अज्ञात परिधी बाहिरको
त्यो सुन्दरदृश्य शान्त बातावरण
अनि समावेशिता को समाजमा
साका भ्रममा, सिमितता का भविष्यहरू , श्वत
किन्न चाहन्छ त्यो सुविधाले यात्रा ,
प्रेम, सुख अनि सन्तुष्टीहरु
कतै किनेको क्षणिक जीवन उसको
दोएर गाइलाई खुवाइएको कुडों
जोतेर गोरुलाई दिएको पराल
सवारीमा गाडीलाई इन्धन त होइन
सोच मग्न बनाउने कुरा कतै म,
बजारिकरणको म त होइन !
प्रेममा लिप्त रहेका क्षणिक सुविधा
सुविधा सँग सुखी अनि सन्तुष्टी
परिपुरक वा सापेक्षिक त होइनन कतै
त्यही दिनाचार्यमा हराउँन्छन उतै कतै
दबिन्छन मनमै उतै कतै
घुमिरहन्छन् एउटै चक्रमा
चलिरहेको म मा Programming
अरु कसैको त होइन कतै ।।
थाहा छैन वा अन्जान हो, उ
ऊ भूमरीमा परेको कुरा उसैलाई थाहा छैन
रङ्ग मञ्चमै घुमिरहेको कुरा उसलाई थाहा छैन ।।
अतिभुतको मलजल गरिएको उ
टाढा छ , विज्ञानको जीवन वाट
हरेक
प्रविधी बजारको संसारको अनि
भ्रम निकटताको दैबिय जीवनबाट।।
अब
जगाउने छ चेतना,
जन्मिनेछ सत्य,
चल्ने छ व्यवहार
हुने छ,
जीवन नै विज्ञान, विज्ञान नै व्यवहार।।