प्रमसख प्रतिपक्षी दल नेकपा (एमाले)को प्रथम विधान महाधिवेशन सकिएको छ । शुक्रबारदेखि गोदावरीमा जारी विधानमहाधिवेशन आइतबार सकिएको हो ।
विधान महाधिवेशनको समापनमा आगामी मंसिरमा पार्टीको दशौं महाधिवेशन गर्ने घोषणा गर्दै गरिएको छ । यसअघि महाधिवेशनले तीनवटा प्रस्ताव पारित गर्नुका साथै आगामी निर्वाचनमा केन्द्रीत हुने अठोट गरेको छ । त्यसक्रममा अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा तीनै तहमा जित्नेगरी पार्टी काममा लाग्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिए ।
विधान महाधिवेशनमा पार्टीको निर्वाचन आयोग पनि गठन गरिएको छ । महाधिवेशनमा देशभरबाट ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी थिए । समापन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सहभागी प्रतिनिधिहरूलाई धन्यवाद दिँदै अत्यन्तै सफलतापूर्वक र सानदार ढंगले महाधिवेशन सम्पन्न भएकोमा खुसी व्यक्त गरे । उनले महाधिवेशनका काम कर्तव्य पुरा भएको भन्दै आन्दोलनलाई बलियो बनाउन नयाँ अठोट र संकल्पका साथ अघि बढ्न बाटो खुलेको बताए ।