रामपुर- बैशाख ३० गते भएको स्थानिय तह निर्वाचनको नतिजाहरु आउने क्रम निरन्तर चलिरहेका बेला पाल्पाको रामपुर नगरपालिकाको सम्पुर्ण नतिजाहरु आईसकेको छ । अघिल्लो स्थानिय निर्वाचनमा नगरपालिकाको १० वटा वडाहरु मध्ये मेयर र उपमेयर सहित ६ वटा बडा जितेको नेपाली कांग्रेसले यसपाली भने मेयर र उपमेयर सहित ७ वटा वडा जिती नगरपालिकामा बलियो उपस्थिती जनाएको छ । कांग्रेसले ७४ को निर्वाचनमा रामपुरको वडा नं २,४,५,६,७ र ८ मा शानदार जित हासिल गरेको थियो भने यसपाली वडा नं १,२,४,५,६,७ र ९ कव्जा जमाएको छ ।
अघिल्लो स्थानिय तहको निर्वाचनमा उम्मेदवार बनि निवार्चन जितेका केहिले पुन निर्वाचन जितेका छन् भने केहि पराजीत हुनुपरेको छ । ७४ को निर्वाचनमा पराजय भोगेका केहिले भने यसपाली जितेका छन् केहिले पुन पराजय भोग्नुपरेको छ । अघिल्लो निर्वाचनमा कांग्रेसवाट नगरप्रमुखको उम्मेदवार बनी जितेका रमण ब थापाले यसपाली पनि विजयी हासिल गरेका छन् । एमालेवाट अघिल्लो निर्वाचनमा उपमेयरको उम्मेदवार बनेकी दर्गा रानाले यसपाली पनि पराजय भोग्नुपर्यो ।
वडा नं १ मा कांग्रेसवाट उम्मेदवार बनी पराजय भोगेका कपिल ब खाणँले यसपाली भने सानदार तरिकाले जितेका छन् । वडा नं ८ मा एमालेवाट उम्मेदवार बनि पराजय भोगेका दिनेश आचार्यले यसपाली चुनाव जितेका छन् । उनले अघिल्लो निर्वाचनमा वडा सदस्य जितेका कांग्रेसका उम्मेदवार मोहन श्रेष्ठलाई पराजित गरेका हुन् । रामपुर १० मा राप्रपावाट उम्मेदवार बनेका विष्णु प्र भण्डारी यसपाली पनि पराजित बने ।
साविकको गेझा,खालिवन,रामपुर,दर्छा र गाँडाकोट गाविस मिलेर बनेको रामपुर नगरपालिकामा यसपालिको स्थानिय तह निर्वाचनमा उनै पुर्व नगर प्रमुख रमण बहादुर थापा नेपाली कांग्रेसको तर्फवाट नगरप्रमुखमा पुन विजयी भएका छन् । निकटतम प्रतिद्धन्दी नेकपा एमालेका शिव अर्याललाई ३७३ मतान्तरले हराउदै थापा पुन नगरप्रमुखमा विजयी भएका हुन् । विजयी थापाले १०४५६ मत प्राप्त गर्दा उपविजेता अर्यालले १००५३ मत ल्याएका हुन् ।
यसपाली थापा र अर्याल सहित राप्रपावाट राजेन्द्र ढकाल,जसपा नेपालका तर्फवाट निराजन रेग्मी, मंगोल नेशनल अर्गनाइजेसनवाट माया सुनारी र स्वतन्त्र वाट प्रेम प्रकाश श्रेष्ठले पनि नगर प्रमुखमा उम्मेदवारी दिएका थिए । उनिहरुले क्रमश हलो चिन्हमा १६८, छातामा २९, कुखुराको भालेमा २९ र स्वतन्त्र पुतली चिन्हवाट निर्वाचन लडि २७ मत प्राप्त गरेका छन् ।
२०७४ सालको स्थानिय निर्वाचनमा कांग्रेसका उम्मेदवार रमण बहादुर थापाले ८८८५ मत ल्याएर नगरप्रमुखमा जित हासिल गरेका थिए उनका निकटतम प्रतिद्धन्दी थिए नेकपा एमालेका राजु श्रेष्ठ । उनले ७६७६ मत ल्याएर उपविजेतामा चित्त बुझाउनु परेको थियो । उत्त निर्वाचनमा रमण र राजु सहित नगर प्रमुखमा राष्ट्रिय जनमोर्चावाट रेश्मराज कँडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीवाट कृष्ण प्रसाद अर्याल र स्वतन्त्रमा रोमन बहादुर रानाको पनि उम्मेदवारी परेको थियो उनिहरुले क्रमश ११४, ४९ र १४ मत प्राप्त गरेका थिए ।
यसपाली उपमेयरमा नेपाली कांग्रेसकी बालकुमारी थापा निकटतम प्रतिद्धन्दी नेकपा एमालेकी दुर्गा रानालाई ५७ मत अन्तरलले हराउदै निर्वाचित भएकी हुन् । अघिल्लो निर्वाचनमा पनि उम्मेदवार बनेकी रानाले यसपाली पनि पराजय भोग्नुपरेको छ । कांग्रेसकी थापाले १०३०७ मत ल्याउदाँ एमालेकी रानाले १०२५० मत प्राप्त गरि उपविजेतामै चित्त बुझाउनु परेको छ । यसपालिको निर्वाचनमा कांग्रेसकी थापा र एमालेकी राना सहित राष्ट्रिय प्रजातन्त्र पार्टीवाट गायत्री न्यौपाने र मंगोल नेशनल अर्गनाइजेसनवाट उपप्रमुखमा भिम बहादुर आलेको उम्मेदवारी परेको थियो उनिहरुले क्रमश हलो चिन्हमा १५७ र कुखुराको भाले चिन्हमा निर्वाचन लडि २६ मत प्राप्त गरेका छन् ।
२०७४ को निर्वाचनमा नेपाली कांग्रेसवाट उपप्रमुखमा उम्मेदवारी दिएर ८५२८ मत सहित निर्वाचन जितेकी बिष्णु देवि आचार्य यसपाली उम्मेदवार बनेकी थिइनन् नेपाली कांग्रेसले यसपाली बाल कुमारी थापालाई उम्मेदवार बनाएको थियो । अघिल्लो निर्वाचनमा आचार्यको निकटतम प्रतिद्धन्दी थिईन नेकपा एमालेकी दुर्गा देवि राना उनले ७९२४ मत ल्याएर उपविजेतामै चित्त बुझाउनु परेको थियो एमालेले यसपाली पनि उनै रानालाई उपप्रमुखको टिकट दिएको थियो । अघिल्लो निर्वाचनमा बिष्णु र दुर्गा सहित नगर उपप्रमुखमा राष्ट्रिय जनमोर्चावाट सावित्री देवी गैरे, राष्ट्रिय प्रजातन्त्र पार्टीवाट दन्त कुमारी के सी, स्वतन्त्रमा विष्णु बहादुर घर्ति,क्षेत्री र माया सुनारीले उम्मेदवारी दिएका थिए उनिहरुले क्रमश १११, ८०, १२ र १० मत प्राप्त गरेका थिए ।
बारम्बार सांसद बनि पुर्व मन्त्री समेत रहेका नेकपा एमालेका बर्तमान संघिय सांसद दलबहादुर रानाले मतदान गरेको रामपुर नगरपालिकाको वडा नं १ मा यसपाली भने नेपाली कांग्रेसका उम्मेदवार कपिल व खाँणले कांग्रेसको पुरै प्यानल सहित शानदार जित हासिल गरेका छन् । एमालेको गढ मानिएको रामपुर १ मा निर्वाचनकै इतिहासमा नेपाली कांग्रेसले पहिलो पटक जित हासिल गरेको हो । बिजयी भएका खाँण ०७४ सालको निर्वाचनमा भने एमालेका उम्मेदवार मित्रलाल कंडेलसगँ पराजित भएका थिए । विजयी कांग्रेसका खांणले ९४७ मत प्राप्त गरेका हुन् भने एमालेका मिन ब खाँडले ७५१ मत प्राप्त गरेका छन् ।
अघिल्लो स्थानिय निर्वाचनमा पुरै प्यानल सहित २ को वडा अध्यक्षमा कांग्रेसका तारा बहादुर थापा विजयी भएका थिए भने यसपाली पनि कांग्रेसवाट २ को वडा अध्यक्षमा कृष्ण बहादुर दर्जीको पुरै प्यानल विजयी बनेर पुरानो बिरासत थमाएका छन् । कांग्रेसका दर्जीले ७०९ मत ल्याएर विजयी बन्दा उनका निकटतम प्रतिद्धन्दी एमालेका कृष्ण ब थापाले ४१५ मत पाएका हुन् । रामपुर ४ मा पनि ७४ को निर्वाचनमा कांग्रेसका एक बहादुर सार्की सहित पुरै प्यानल विजयी भएको उत्त बिरासतलाई जोगाउदै यसपाली कांग्रेसकै राम बहादुर राना सहित पुरै प्यानल विजयी भएको छ । कांग्रेसका रानाले १३०३ मत ल्याएर विजयी भएका हुन् भने एमालेका विष्णु ब सारुले १०७२ मत प्राप्त गरि उपविजेतामै चित्त बुझाउनु परेको छ । उत्त वडामा राप्रपावाट वडा अध्यक्षको उम्मेदवार बनेका मुसद अलिमले १३ मत ल्याएका हुन् ।
वडा नं ५ मा पुरानो विरासतलाई कायम राख्दै यसपाली पनि नेपाली कांग्रेसका दुर्गा प्र पोख्रेल १६७९ मत प्राप्त गरि पुरै प्यानल सहित विजयी बनेका छन् । एमालेका श्याम कुमार श्रेष्ठले जम्मा १०२९ मत प्राप्त गरेका हुन् भने राप्रपाका दुर्गा प्र पोखरेलले ११६ मत प्राप्त गरेको निर्वाचन आयोगले जानकारी दिएको छ । अघिल्लो निर्वाचनमा यस वडामा कांग्रेसका हिमाल मल्ल १४६७ मत सहित पुरै प्यानल विजयी भएका थिए । वडा नं ६ मा कांग्रेसकै दिवाकर देवकोटा ११०२ मत सहित पुरै प्यानल विजयी भएको छ । एमालेका जनक भण्डारीले ८९२ र राप्रपाका हरि प्र भण्डारीले ६८ मत प्राप्त गरेका छन्, ०७४ को स्थानिय निर्वाचनमा यसपाली जस्तै नेपाली कांग्रेसले (हुमानाथ न्यौपाने १०८०) मत सहित पुरै प्यानल जितेको थियो ।
वडा नं ७ मा पनि कांग्रेसको पुरानो लाल किल्ला कायम रहेको छ । अघिल्लो निर्वाचनमा कांग्रेसका तिर्थ प्र पंगेनी ७९५ मत सहित विजयी बनेका थिए भने यसपाली पनि कांग्रेसका दोवराज तिवारी १०३० मत सहित पुरै प्यानल जिती कब्जा जमाएका छन् । ७ मा एमालेका शंकर गौतमले १००८ मत ल्याएर उपविजेता बनेका हुन् ।
अघिल्लो निर्वाचनमा एमालेले जितेको वडा नं ९ मा यसपाली भने नेपाली कांग्रेसले वडा अध्यक्ष सहित पुरै प्यानल जितेको छ । ७४ को निर्वाचनमा हालका कांग्रेस जिल्ला उपसभापति ज्ञान बहादुर गाहा लाई हराउदै ६६७ मत सहित एमालेका इच्छाराम थापा सिंजाली निर्वाचित बनेका थिए, यसपाली भने एमालेका नेत्र ब गाहा मगर (६८६ मत) लाई हराउदै कांग्रेसका डिल ब थापाले ७६८ मत ल्याई विजयी बनेका छन् । अघिल्लो निर्वाचनमा नगरको ४ वटा वडा जितेको एमालेले यसपाली भने वडा नं ३,८ र १० गरि जम्मा ३ वटा वडामा मात्रै सिमीत हुनुपरेको छ । एमालेको लाल किल्ला मानिएको वडा नं १ यसपाली एमालेले गुमाएको छ ।
२०७४ को निर्वाचनमा जित हासिल गरेको वडा नं ३ मा यसपाली पनि एमालेले जितेको हो । ७४ मा १०९४ मत सहित एमालेका दिनेश कुमार खनाल विजेता बनेका हुन् भने यसपाली १२८३ मत सहित दामोदर पाठक निर्वाचित भएका छन् । अघिल्लो चोटी पनि उम्मेदवार बनी पराजय भोगेका कांग्रेसका उमानाथ अर्यालले यसपाली पनि ८७५ मत ल्याएर पराजय भोग्नुपरेको छ ।
अघिल्लो निर्वाचनमा कांग्रेसले जितेको वडा नं ८ मा भने यसपाली एमालेले जितेको छ । ७४ को निर्वाचनमा कांग्रेसका बोम ब नाम्जाली (९०३ मत) सगँ पराजय भोगेका एमालेका दिनेश आचार्य भने यसपाली १३२६ मत ल्याएर विजेता बनेका छन् । कांग्रेसका पुर्व वडा सदस्य मोहन प्रसाद श्रेष्ठलाई २९४ मत अन्तरले पराजित गरेका हुन् । उत्त वडामा राप्रपाका उम्मेदवार कृष्ण प्र अर्यालले ५ मत प्राप्त गरेका छन् ।
७४ को निर्वाचनमा पनि एमालेले जितेको वडा नं १० मा यसपाली पनि एमालेले पुरै प्यानल जित हासिल गरेको छ । १० मा १२१३ मत सहित लिल बहादुर गाहाले निर्वाचन जितेका थिए यसपाली तोयानाथ सारु थापाले १३६८ मत प्राप्त गरि नेपाली कांग्रेसका विजय रानालाई पराजित गरेका हुन् रानाले १२५६ मत प्राप्त गरेका हुन् । उत्त वडामा उम्मेदवार बनेका राप्रपाका बिष्णु प्र भण्डारी(ध्रुव) ले ६ मत ल्याएका छन् ।