काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको प्रथम बैठक बिहीबार माघ २७ गते बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।
बैठकमा म्याद सकिएका भातृ एवं शुभेच्छुक संस्थाबारे छलफल हुने बताइएको छ । यस्तै अधिवेशन हुन बाँकी रहेका जिल्लाका सम्बन्धमा पनि बैठकमा छलफल हुने एजेन्डा रहेको पौडेलले बताए ।