×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

मुख्यमन्त्री राउतको जवाफ : साइकल खरिदमा एक पैसो भ्रष्टाचार भएको छैन

मुख्यमन्त्री राउतको जवाफ : साइकल खरिदमा एक पैसो भ्रष्टाचार भएको छैन

काठमाडौं- प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले 'बेची पढाऊ, बेटी बचाऊु अभियान अन्तर्गत वितरण गरिने साइकल खरिदमा एक पैसा पनि अनियमितता नभएको दावी गरेका छन्।  बुधबार बसेको प्रदेशसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री राउतले प्रदेश सरकारको लोकप्रिय यस अभियानलाई बदनाम गर्न उद्देश्यले प्रक्रिया नै पूरा नै नगरी अख्तियारले छापा मारेको तर्क गरेका छन्। 

साइकल खरिदसम्बन्धी विवरण सबै प्रदेश सांसदलाई उपलब्ध गराउँदै मुख्यमन्त्री राउतले अध्ययन गरेर धारणा बनाउन आग्रह गरे।  सुशासन कायम गर्न प्रदेश सरकार नै लागिरहेको समयमा अख्तियारले समन्वय नगरी आफ्नो कार्यालयमा छापा मार्नेसहितका गतिविधि गरेको भन्दै उनले आक्रोश पोखे।  भ्रष्टाचार नियन्त्रण गर्न नै प्रदेश सरकारले जनलोकपाल गठन गरेको मुख्यमन्त्री राउतले जिकिर गरे।  उनले ई विडिङमार्फत साइकल खरिद भएको बताउँदै यसमा भ्रष्टाचार प्रमाणित भए कारबाहीका लागि तयार रहेको बताए।  उनले प्रदेश सरकारलाई बदनाम गर्ने विभिन्न षडयन्त्र र प्रयास भइरहेको पनि संसदमा दाबी गरेका छन्। 

 

प्रतिकृया दिनुहोस्