×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सन्दीप र दीपेन्द्रले क्यानाडामा ग्लोबल टी-ट्वान्टी खेल्ने

सन्दीप र दीपेन्द्रले क्यानाडामा ग्लोबल टी-ट्वान्टी खेल्ने

काठमाडौं -  नेपाली क्रिकेट टोलीका पूर्व कप्तान तथा स्पिनर सन्दीप लामिछाने र युवा अलराउन्डर दीपेन्द्रसिंह ऐरी र ले २०२३ को ग्लोबल टि२० क्यानडा खेल्ने भएका छन् । मंगलबार राती दीपेन्द्रलाई मोन्ट्रियल टाइगर्सले ड्राफ्टमा किनेको हो । दीपेन्द्र पहिलो पहिलो पटक आफ्नो करिअरमा विदेशी लिग खेल्न थालेका हुन् ।


नेपाली क्रिकेटका ३ डी दीपेन्द्रले टि२० क्रिकेटमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । नेपालबाट टि२० आईमा १ हजार रन पूरा गर्ने पहिलो खेलाडी हुन् । दीपेन्द्रले ४४ टि२० आई खेलमा १ शतक र पाँच अर्धशतकसहित १ हजार १ सय ३ रन बनाएका छन् ।

बलिङतर्फ २१ विकेट लिएका छन् । नेपाली क्रिकेट टोलीबाट २०१७ देखी दीपेन्द्र पहिलो रोजाईमा खेल्दै आएका छन् । दीपेन्द्रको टोलीमा सकिब अल हसन, आन्द्रे रसेल, क्रिस लिन, पाकिस्तानका मोहम्मद वासिम, युएईका आयन खान लगायतका खेलाडी छन् ।

सन्दीप लामिछानेलाई सर्रे जगुआरले किनेको छ । सन्दीप भने लगातार यस लिग खेल्दै आएका छन् । गतवर्ष भदौमा बलात्कार आरोप लागेपछि सन्दीप पहिलो पटक विदेशी लिग खेल्न लागेका हुन् ।

सन्दीपको टोलीमा इंग्ल्यान्डका एलेक्स हेल्स, पाकिस्तानका इफ्तिखर अहमद, अष्ट्रेलियाका जेसन बेहरनडोर्फ, बंगलादेशका लिटन दास र अफगानिस्तानका करिम जन्नत लगायतका खेलाडी छन् । ग्लोबल टि२० क्यानडा आगमी जुलाई २० देखी अगष्ट ६ सम्म चल्नेछ ।

प्रतिकृया दिनुहोस्