काठमाडौँ। म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘एनर्जाइज्ड दशैँ धमाका २०८१’ अभियानले देशैभर उत्साह थपेको छ। अभियानअन्तर्गत थप दुई जना भाग्यशाली उपभोक्ताले आकर्षक सवारी साधन जित्न सफल भएका छन्।
यस पटक भाग्यको चमक बुटवल र धनगढीसम्म पुगेको छ। बुटवलका नरबहादुर ठोकरले यामाहा रे जेडआर (Yamaha Ray ZR) स्कुटर जितेका छन् भने धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई (Yamaha FZ FI) मोटरसाइकल जितेका छन्।
यसअघि बनेपाका कुमार राज र धादिङका संजोग रिमालले मोटरसाइकल तथा सुर्खेतका किशोर जंग शाहले स्कुटर जितिसकेका छन्। योसँगै हालसम्म कुल ५ जना भाग्यशाली विजेता सार्वजनिक भइसकेका छन्, जसमध्ये मोटरसाइकल विजेता ३ र स्कुटर विजेता २ जना पुगेका छन्।
अझै पनि ३१ वटा स्कुटर तथा मोटरसाइकल र सबैभन्दा ठूलो बम्पर उपहारस्वरूप प्रोटोन कार (Proton Car) जित्ने अवसर बाँकी नै रहेको कम्पनीले जनाएको छ।