×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

एमालेको नाराबाजीबीच विनियोजन विधेयक पारित

एमालेको नाराबाजीबीच विनियोजन विधेयक पारित

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को नाराबाजीबीच विनियोजन विधेयक पारित भएको छ । प्रतिनिधि सभाको सोमबार (आज) बसेको बैठकबाट विनियोजन विधेयक बहुमतले पारित भएको हो । विधेयकको मन्त्रालयत शीर्षकमाथिको छलफल सकाएर अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिएपछि सभामुखले खर्च कटौतीसम्बन्धी नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राखेको प्रस्ताव निर्णयार्थ पेस गरेका थिए ।

सांसद सुवालको खर्च कटौतीको प्रस्ताव अस्वीकार भएपछि विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री शर्माले पेश गरे । एमालेको नाराबाजीका बीच विधेयक बहुमतले पारित भएको हो । अब यो विधेयक राष्ट्रिय सभामा दफाबार छलफलका लागि जान्छ । राष्ट्रिय सभाले पारित गरेर पुनः प्रतिनिधि सभामा पठाउँछ । त्यसलाई स्वीकार गरेर प्रतिनिधि सभाले सभामुखमार्फत राष्ट्रपतिकहाँ पठाउँछ र कार्यान्वयनमा आउँछ । त्यसपछि हालको बजेट होलिडेको अन्त्य हुन्छ ।

 

प्रतिकृया दिनुहोस्