×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रधानमन्त्री देउवासँग लाइभ डिबेटमा आउन तयार छु : अध्यक्ष ओली

प्रधानमन्त्री देउवासँग लाइभ डिबेटमा आउन तयार छु : अध्यक्ष ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एजेन्डामा आधारित बहसका लागि नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग लाइभ डिबेटमा आउन तयार रहेको बताएका छन्।

मंगलबार सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष ओलीले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गरी धेरैले सामाजिक सञ्जालमा आफू र प्रधानमन्त्री देउवालाई लाइभ डिबेटमा आउन सुझाव दिएको उल्लेख गर्दै त्यसका लागि आफू तयार रहेको बताएका हुन्। निर्वाचनका समयमा पश्चिमा देशहरूमा यस्तो डिबेट हुने गरेको उल्लेख गर्दै उनले आफू त्यसका लागि तयार रहेको बताएका छन्।

प्रतिकृया दिनुहोस्