×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

म्याक्स टाइगरको ‘दशैं धमाका’: इनर्जी ड्रिंकको क्यानमै छ कार, बाइक र स्कुटर जित्ने सरप्राइज

म्याक्स टाइगरको ‘दशैं धमाका’: इनर्जी ड्रिंकको क्यानमै छ कार, बाइक र स्कुटर जित्ने सरप्राइज

काठमाडौँ - चाडपर्वको अवसरमा म्याक्स टाइगर इनर्जी ड्रिंकले आफ्ना उपभोक्ताका लागि ‘दशैं धमाका २०२६’ अभियान सार्वजनिक गरेको छ। ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजित एक विशेष कार्यक्रमका बीच कम्पनीले यस नयाँ दसैँ अफरको औपचारिक घोषणा गरेको हो।

यस अफरअन्तर्गत उपभोक्ताले म्याक्स टाइगरको विशेष पुरस्कारयुक्त क्यान खरिद गर्दा ३६ जनाले यामाहाका मोटरसाइकल तथा स्कुटर र एक जनाले बम्पर उपहारस्वरूप प्रोटोन कार जित्ने अवसर पाउनेछन्। अभियानमा १८ जनाले यामाहा एफ जेड एफ आई मोटरसाइकल र १८ जनाले यामाहा रे जेडआर स्कुटर प्राप्त गर्नेछन्। देशभर विशेष पुरस्कारयुक्त क्यानहरू वितरण गरिने र सोही क्यान प्राप्त गर्ने उपभोक्ता नै स्वतः विजेता बन्ने कम्पनीले जनाएको छ। दसैँको उमङ्ग र उत्साहलाई ब्रान्डसँग जोड्दै उपभोक्तालाई ऊर्जा र पुरस्कार दुवै प्रदान गर्ने उद्देश्यले यो योजना ल्याइएको हो।

प्रतिकृया दिनुहोस्