×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

दुई प्रकारका सवारी लाइसेन्स वितरण सुरु

दुई प्रकारका सवारी लाइसेन्स वितरण सुरु

काठमाडौं - यातायात व्यवस्था विभागले दुई प्रकारको सवारी चालक अनुमतिपत्र वितरण सुरु गरेको छ । 
यातायात व्यवस्था विभागका  महानिर्देशक नमराज घिमिरेले सवारी चालक अनुमतिपत्र प्राप्त गर्न ट्रायलमा उत्तीर्ण गरेकाको लागि र नवीकरणका लागि आवेदन दिएकालाई परीक्षणकालीन (प्रोभिजनल) सवारी चालक अनुमतिपत्र  वितरण सुरु गरिएको जानकारी दिए ।  
विभागले शुक्रबारबाट यो प्रावधान कार्यान्वयनमा ल्याएको हो । उनले भने, “अहिले यातायात  व्यवस्था विभागको कार्यालय, काठमाडौँको एकान्तकुना र महोत्तरीको बर्दिबासबाट परीक्षणकालीन सवारी चालक अनुमतिपत्र वितरण  सुरु गरिएको छ । अब यसप्रकारको      सवारी चालक अनुमतिपत्र वितरण  कार्य १९  वटै यातायात  व्यवस्था कार्यालयबाट गर्ने तयारी भइरहेको छ ।”
यो खबरआजको गोरखापत्र दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्