×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अमेरिकी सहायक विदेशमन्त्री आज नेपाल आउँदै

अमेरिकी सहायक विदेशमन्त्री आज नेपाल आउँदै

काठमाडौं- अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु आज बिहीबार नेपाल आउँदैछन् । दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री लु दुई दिने भ्रमणमा नेपाल आउन लागेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिकी भ्रमण अन्यौलमा परेका उनी बेला काठमाडौं आउन लागेका हुन् । उनले एमसिसी पारित हुनुअघि कूटनीतिक गृहकार्यका लागि नेपाल आएका थिए । नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) अस्वीकार गर्ने निर्णय गरेको एक महिनापछि फेरि उनी नेपाल आउन लागेका हुन् । लुले प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री डा नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम छ । 

उनी यसअघि गत वर्षको मंसिर १ देखि ४ गतेसम्म नेपाल आएका थिए ।

प्रतिकृया दिनुहोस्