×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

माओवादी नेता पुनको स्वास्थ्यमा सुधार नआएपछि बैंककबाट चीन लगियो

माओवादी नेता पुनको स्वास्थ्यमा सुधार नआएपछि बैंककबाट चीन लगियो

काठमाडौँ- नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनलाई थप उपचारका लागि चीन लगिएको छ । उनलाई शुक्रबार चीनकोथर्ड पिपुल्स हस्पिटल अफ सेनसेज लगिएको नेता पुनका स्वकीय सचिव सन्तोष पुनले जानकारी दिए ।  विगत डेढ महिनादेखि बैंककस्थित समितिभेज अस्पतालमा उपचाररत पुनको स्वास्थ्यमा सुधार नआएपछि चीन लगिएको उनले बताए ।

नेता पुनसँगै पूर्वसभामुख तथा उनकी पत्नी ओनसरी घर्ती र छोरी शिला बैंककबाट चीनको सेनजेन उडेका छन् । उनीहरू आजै मध्यान्ह अस्पताल पुगेर उपचार सुरु हुने बताइएको छ । ​थाइल्यान्डमा रहँदा  चिकित्सकहरूले उल्लेख्य सुधार नदेखिएकाले उपचारका लागि सेनजेन लैजान सुझाव दिएका थिए । नेपालबाट बैंकक जाँदा जन्डिस (बिलरुविन)को तह १८ रहेकोमा उपचारका क्रममा बढेर अहिले २२ पुगेको देखिएको छ । जन्डिससँगै शरीरका अन्य अङ्गहरूमा पनि त्यसको असर देखिन थालेपछि नेता पुनलाई चीन लगिएकाे हाे ।

नेपालमा रहँदा ललितपुरस्थित सुमेरु अस्पताल र ग्राण्डी अस्पतालमा परीक्षण गराएका नेता पुन चिकित्सकहरूको परामर्श र पार्टीको सल्लाहमा बैंकक गएका हुन्। यसअघि जन्डिसकै कारण स्वास्थ्य अवस्था निक्कै गम्भीर भएका बेला नेता पुनको  बैंकस्थित सोही अस्पतालमा उपचार भएको थियो ।

प्रतिकृया दिनुहोस्