×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

जेलेन्स्कीले अस्ट्रेलियाको संसदलाई सम्बोधन गर्ने

जेलेन्स्कीले अस्ट्रेलियाको संसदलाई सम्बोधन गर्ने

किभ- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीबार अस्ट्रेलियाको संसदलाई सम्बोधन गर्ने भएका छन् । राष्ट्रपति जेलेन्स्कीले भिडियोमार्फत संसदलाई सम्बोधन गर्ने अस्ट्रेलियाका रोजगारमन्त्री स्टर्ट रोबर्टले जानाकारी दिएका छन् । 

मन्त्री रोबर्टले रुसी हमलाको युक्रेनले साहसपूर्वक प्रतिकार गरेको बताएका छन् । ‘युक्रेनले रसियाको अप्रत्याशित युद्धको सामना गर्दै उल्लेखनीय साहस र लचिलोपन देखाएको छ’, उनले भने ।

अस्ट्रेलियाले युक्रेनलाई ६५ लाख बराबरको आपतकालीन मानिवीय सहायत प्रदान गरेको छ । युक्रेनलाई सैन्य सहायता तत्काल आवश्यकता रहेको भन्दै अस्ट्रेलियाले ९१ लाख बराबरको रक्षा उपकरण दिनेसमेत अस्ट्रेलियाले बाचा गरेको छ । जेलेन्स्कीले संयुक्त राष्ट्र, अमेरिकी कंग्रेसदेखि जापानको संसदलाई सम्बोधन गर्दै आएका छन् । एजेन्सी

प्रतिकृया दिनुहोस्