×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

मन्त्रालयको भागबन्डा आजै टुङ्ग्याउँछौँ : प्रचण्ड

मन्त्रालयको भागबन्डा आजै टुङ्ग्याउँछौँ : प्रचण्ड

काठमाडौँ- सत्तासाझेदारी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजै मन्त्रालय भागबन्डा टुङ्ग्याउने बताएका छन् । बिहीबार (आज) काठमाडौँमा आयोजित शहीद प्रतिष्ठान नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

आफ्नो पार्टी सरकारमा रहेको स्मरण गराउँदै प्रचण्डले भने, ‘हामी गठबन्धन सरकारमा छौँ । अर्थ मन्त्रालय र ऊर्जा मन्त्रालय हामीले लिएका छौँ । अरू केही मन्त्रालय पनि छिट्टै सम्भवतः आजभोलि नै टुङ्गिँदैँछ । सायद आजै टुङ्ग्याउँछौँ ।’

यसैगरी प्रचण्डले गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रममा शहीद तथा बेपत्ताहरूलाई पारिएको बताए । ‘तपाईंहरुले हेरिरहनुभयो होला, पहिलोचोटी सरकारको साझा न्यूनतम कार्यक्रममा शहीद तथा बेपत्ताका बारेमा घाइते अपाङ्गका बारेमा राज्यका तर्फबाट गर्नुपर्ने राहत वितरण, उपचारका सन्र्दभमा औपचारिक दस्ताबेजीकरण भएर अघि बढेको छ’, उनले भने, ‘विगतमा छुटेकाहरूलाई समेटेर राष्ट्रिय शहीद घोषणा गर्ने भनेर प्रक्रिया पनि अघि बढेको छ ।’

प्रतिकृया दिनुहोस्