×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

गृहमन्त्री लामिछानेको सांसद योग्यताबारे सर्वोच्चमा पुस २२ गते सुनुवाइ हुने

गृहमन्त्री लामिछानेको सांसद योग्यताबारे सर्वोच्चमा पुस २२ गते सुनुवाइ हुने

काठमाडौं- गृहमन्त्री रवि लामिछानेको सांसदको योग्यताबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा पुस २२ गते सुनुवाइ हुने भएको छ । अमेरिकी नागरिकता लिएपछि निष्क्रिय भएको नेपाली नागरिकता प्रयोग गरेको भन्दै लामिछानेविरुद्ध अधिवक्ता रविराज बसौलालगायले रिट दायर गरेका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेविरुद्धको रिटमा सर्वोच्चको संवैधानिक इजलासमा पुस ६ गते नै सुनुवाइ भए पनि मंगलबार मात्र आदेशको प्रमाणित कपी आएको हो । कायममुकायम प्रधानन्यायाधीशको नेतृत्वमा गठन भएको संवैधानिक इजलासमा न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउत रहेका छन् ।

पुस २२ मा लामिछाने सांसद हुन योग्य कि अयोग्य भन्ने विषयमा दुवै पक्षका कानुन व्यवसायीले बहस गर्नेछन् । त्यसपछि अदालतले आदेश दिनेछ ।

प्रतिकृया दिनुहोस्