×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चुनावमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

चुनावमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

काठमाडाैँ- राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान गरेकी छन् । सरकारकाे सिफारिसमा राष्ट्रपतिले नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गरेको राष्ट्रपतिको कार्यालयले विज्ञप्तिमार्फतजनाएकाे छ ।

कार्यालयले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ- प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष एवम् भयरहित वातावरणमा सम्पन्न गर्न ‘एकीकृत सुरक्षा कार्य योजना, २०७’ मा व्यवस्था भए अनुसार सुरक्षा निकायहरूबीच एकीकृत तथा समन्वयात्मक रूपमा सुरक्षा प्रदान गर्ने कामका लागि राष्ट्रिय सुरक्षा परिषद्को मिति २०७९/५/१७ को बैठकको सिफारिसका आधारमा मन्त्रिपरिषद्को मिति २०७९/५/२७ को निर्णय तथा सम्माननीय प्रधानमन्त्रीको मिति २०७९/५/२७ को पत्रको आधारमा सम्वत् २०७९ साल मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गर्नुभएको छ ।’  राष्ट्रपतिले निर्वाचन स्वच्छ र भयरहित वातावरणमा सम्पन्न हुनेसमेत अपेक्षा गरेकी छन् ।

प्रतिकृया दिनुहोस्