काठमाडौं- नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली फिल्म ‘प्रेमगीत ३’ सँग जोडेर विभिन्न कपोल्कल्पित आरोप लगाइएको बताएका छन् । शुक्रबारदेखि रिलिज भको ‘प्रेमगीत ३’ को हिन्दी स्वरांकनलाई लिएर उनले वक्तव्य नै निकालेका छन् ।
बोर्ड अध्यक्ष केसीसहितका पदाधिकारी तथा सदस्यहरुलाई ‘प्रेमगीत ३’ सँगको विवादमा जोडेर गरिएको भ्रामक, अतिरञ्जित, कपोकल्पित, लान्छनायुक्त, विवादस्पद अभिव्यक्ति र समाचार लेखिएको विज्ञप्तिमा उल्लेख छ । उनले ‘प्रेमगीत ३’को कर चुक्ता नै नभएकाले हिन्दी स्वरांकन नदिएको पनि बताएका छन् । करचुक्ता नभएकै कारण कारण हिन्दी भाषामा स्वरांकन अनुमति नदिइएको पनि केसीले बताएका छन् ।
निर्माताले कर चुक्ता गर्नासाथ पुनः स्वरांकन अनुमति शुक्रबार नै दिइएको पनि बोर्डले जनाएको छ। आइतबार सेन्सर सिफारिसिका लागि निवेदन आउनासाथ ढिलो नगरि त्यसका लागि सिफारिस गरिएको पनि जिकिर केसीले गरेका छन् ।