×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

जागिर लगाइदिने प्रलोभन देखाएर बलात्कार

जागिर लगाइदिने प्रलोभन देखाएर बलात्कार

वीरगञ्ज: बलात्कारको आरोपमा पर्सा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । १५ वर्षकी बालिका बलात्कारको आरोपमा बहुदरमाई नगरपालिका-२ पिपराटोल बस्ने २५ वर्षीय धर्मराज साह कानुलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले असार १४ गते दिउँसो बालिकालाई विवाह गर्ने र जागिर लगाइदिने प्रलोभन दिएर बलात्कार गरेको बालिकाका अभिभावकको दावी छ । पक्राउ परेका धर्मराजविरुद्ध अनुसन्धान शुरु गरिएको पर्साका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले बताए ।

प्रतिकृया दिनुहोस्