×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

२ सय ३६ संक्रमित थपिए, ३ सय ७ कोरोनामुक्त

२ सय ३६ संक्रमित थपिए, ३ सय ७ कोरोनामुक्त

काठमाडौं- नेपालमा शनिबार २ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ५ हजार ६ सय ७२ पिसिआर परिक्षणका क्रममा १ सय ९४ जना र ३ हजार ५ सय ६ एन्टीजेन परिक्षणका क्रममा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १९ हजार ७ सय ५० पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ५ सय ५३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप ३ सय ७ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ८ लाख ६ हजार ५ सय ४४ जना निको भएका छन् ।

हाल नेपालमा ५ हजार ८ सय ५३ सक्रिय संक्रमित आइशोलेशन र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्