×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सिन्धुलीका हायू परिवार घर फर्किन तयार, वडाध्यक्ष भन्छन्- कतै घर बनाएर सार्छौ

सिन्धुलीका  हायू परिवार  घर फर्किन तयार, वडाध्यक्ष भन्छन्- कतै घर बनाएर सार्छौ

काठमाडौ । पोखरा आएका हायू परिवार सिन्धुली फर्किने भएका छन् । साउन ११ गते सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ छेत्पाबाट बेपत्ता भएका हायू परिवारका १९ जना सदस्य पोखरा आएका थिए 
सबै परिवार पोखरा आएर सिन्धुली नफर्किने अडान लिएका थिए । उनीहरूलाई आज सिन्धुली फर्काउन लागिएको गोलन्जोर गाउँपालिका-६ वडाध्यक्ष रविन श्रेष्ठले जानकारी दिए ।

 सिन्धुली फर्किए पनि उनीहरूले आफ्नो पुरानो घरमा भने फर्किने छैनन् ।
‘उहाँले आज सिन्धुली फर्किँदै हुनुहुन्छ । अहिले सामान प्याकिङ गर्दै हुनुहुन्छ । एकछिनमा पोखराबाट त्यतातर्फ लाग्छौँ,’ वडाध्यक्ष श्रेष्ठले भने ।


सिन्धुली फर्किएका उनीहरूलाई केही समय आफ्नो घरमै राख्ने वडाध्यक्ष श्रेष्ठले बताए । उनले अन्त कतै आवास बनाइदिएर सार्ने भनेका हुन्  । उनले भने, ‘केही समय हाम्रै घरमा बस्नुहुन्छ । अन्त कतै बस्ने ठाउ  बनाएपछि त्यतै सर्नुहुन्छ ।’
सिन्धुलीबाट निर्वाचित सांसद श्यामकुमार घिमिरेले परिवारका २ जनालाई रोजगार दिलाइदिने प्रतिबद्धता जनाएको वडाध्यक्ष श्रेष्ठले बताए । यस्तै ऋण तिर्ने कुरामा पनि वडाले सहजीकरण गर्ने उनको भनाइ छ ।
हायू परिवार घरमा बच्चाबच्ची धेरै बिरामी भएको भन्दै घर नफर्किने अडानसहित पोखरा आएका थिए ।
 

प्रतिकृया दिनुहोस्