काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ । शनिवार आज बिहान प्रधानमन्त्रीलाई भेटेर गृहमन्त्री लामिछानेले आम नागरिकलाई सिंहदरबार प्रवेश गर्न सक्ने वातावरण बनाउनुपर्ने बताउनुभएको छ ।
हाल सिंहदरबार प्रवेशका लागि पासको व्यवस्था गरिएको छ । भेटका क्रममा कोरोना संक्रमण व्यवस्थापनका लागि सीमा क्षेत्रमा सावधानी अपनाउने, हवाई र स्थलमार्गबाट आउने पर्यटकलाई ध्यानमा राखि स्वास्थ्य डेस्क र होल्डिङ सेन्टर स्थापना गर्ने विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
तराईमा शित लहर र हिमाली क्षेत्रमा हिमपातको व्यवस्थापन सहज रुपमा गर्न आवश्यक तयारी गर्ने विषयमा पनि छलफल भएको छ । भेटका क्रममा गृहमन्त्री लामिछानेले राजस्व चुहावट नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त समेत गर्दै अर्थमन्त्रालयसँग समन्वय गरी काम अघि बढाउने बताउनुभयो ।