×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

टंक कार्कीले दिए एमाले सचिवमा उम्मेदवारी

टंक कार्कीले दिए एमाले सचिवमा उम्मेदवारी

चितवन-  एमाले नेता टंक कार्कीले सचिव पदमा उम्मेदवारी दर्ता गरेका छन् । सौराहामा चलिरहेको दसौँ महाधिवेशनअन्तर्गतको तोस्रो दिनको बन्द सत्रमा कार्कीले उम्मेदवारी दर्ता गराएका हुन् । अध्यक्ष केपी शर्मा ओलीले सहमतिका लागि १९ पदाधिकारी र ३०१ केन्द्रीय सदस्यहरूको नामावली पेस गर्दा सचिवमा टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्यालको नाम छ । कार्कीले आफू पनि सचिवको आकाङ्क्षी भएकाले उम्मेदवारी दर्ता गराएको बताए । उनी चीनका लागि पूर्व राजदूत पनि हुन् ।

 

प्रतिकृया दिनुहोस्