×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

दाङमा तीन फर्निचर उद्योगमा आगलागी, करोडौंको क्षति

दाङमा तीन फर्निचर उद्योगमा आगलागी, करोडौंको क्षति

काठमाडौँ- दाङको घोराहीका तीन फर्निचर उद्योगमा आगलागी हुँदा करोडौंको क्षति भएको छ । घोराही–१५ उमेश मार्ग रोडमा रहेको न्यू दाजुभाई, दाजुभाई र स्टार दाजुभाई तीनवटा फर्निचर उद्योगमा आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट करोडौं रुपैयाँको क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक वीरबहादुर ओलीले जानकारी दिए । राति करिब १२ बजेतिर लागेको आगो बिहान करिब साढे ४ बजे नियन्त्रणमा आएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरीले घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाको दमकल सहयोगमा आगो नियन्त्रणमा लिएको हो । लक्ष्मीपूजामा बालिएको दीयोका कारण आगलागी भएको हुन सक्ने आशंका गरिएको छ ।

प्रतिकृया दिनुहोस्