काठमाडौं- अभिनेत्री साम्राज्ञी शाह पछिल्लो पुस्ताबीच चर्चित नाम हो । उनी अभिनित तीन फिल्म प्रदर्शनको तयारीमा छन् । डेढ महिनाको अन्तरमा यी फिल्म प्रदर्शनमा आउन लागेका हुन् । यसबीच उनका केही तस्विर भाइरल हुँदैछन् । पुस २९ गते ‘तिम्रो मेरो साथ’, माघ २० गते ‘ह्यारीकी प्यारी’ र फागुन ५ गते ‘लण्डन टु पेरिस’ प्रदर्शनमा आउँदैछन् ।
छोटो समयमै फिल्म प्रशर्दन हुने भएपछि उनको व्यस्तता र बक्स अफिस दबाब बढ्ने देखिन्छ । यी तीन फिल्म चले सन् २०२२ भित्र ह्याट्रिक गर्ने उनका लागि अवसर हुनेछ । ‘ड्रिम्स’ डेब्यु अभिनेत्री साम्राज्ञीको अभिनय करिअर समग्रमा सन्तोषजनक देखिन्छ । फिल्मसहित निजी जीवनले पनि चर्चामा आउने यतिबेला सिंगल छिन् । तीन वर्षपछि हलमा फर्किन पाउँदा आफूलाई रमाइलो अनुभूति भइरहेको उनले बताएकी थिइन् ।