×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

एमाले सुदूरपश्चिम कमिटीले बाेलाएकाे बैठक अवैध : भीम रावल

एमाले सुदूरपश्चिम कमिटीले बाेलाएकाे बैठक अवैध : भीम रावल

काठमाडौँ-  नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आज हुने भनिएको सुदूरपश्चिम प्रदेश कमिटीको बैठक अवैध रहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत उपाध्यक्ष रावलले उक्त बैठकका निर्णयहरू समेत अवैध र अमान्य रहेकाे बताएका हुन् ।

उनी लेख्छन्, ‘आज हुने भनिएको कथित सुप प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत छ। यो गुटबन्दीको नमूना हो। यो बैठक र यसका निर्णयहरू अवैध र अमान्य छन्। अपानि १२ झापामा लागु हुने, सु।प।मा लागु नहुने किन ? यहाँको भूमि बाह्य अतिक्रमणमा परेकोले हो कि ?’ यस्तै उपाध्यक्ष रावलले उक्त कार्य गुटबन्दीको नमूना रहेको पनि उल्लेख गरेका छन् । रावलले आज हुने बैठक १० बुँदे सहमति विपरीत रहेकाे बताएका छन्।

प्रतिकृया दिनुहोस्