×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कांग्रेसकाे विश्लेषण- ‘स्थानीय निर्वाचनकाे परिणामले गठबन्धन दलभित्रै असन्तुष्टि देखियाे’

कांग्रेसकाे विश्लेषण- ‘स्थानीय निर्वाचनकाे परिणामले गठबन्धन दलभित्रै असन्तुष्टि देखियाे’

काठमाडाैँ- सत्तारुढ दल नेपाली कांग्रेसले स्थानीय निर्वाचन २०७९ मा प्राप्त परिणामका कारण पाँचदलीय गठबन्धनसम्बद्ध दलहरूमा असन्तुष्टि देखिएकाे विश्लेषण गरेकाे छ । यसले प्रादेशिक र संघीय निर्वाचनसम्म गठबन्धन टिक्छ कि टिक्दैन ? भन्ने प्रश्नसमेत उब्जाएकाे कांग्रेसकाे विश्लेषण छ । कांग्रेसकाे अनुगमन, मूल्याङ्कन तथा सुपरिवेक्षण उपसमितिले गरेकाे स्थानीय निर्वाचन २०७९ बारेकाे अध्ययनमा भनिएकाे छ, ‘स्थानीय निर्वाचनकाे परिणामलाई लिएर गठबन्धनमा रहेका दलहरूभित्रै असन्तुष्टि र आकांक्षा एकैपटक प्रकट भएका छन् । यसले प्रादेशिक र संघीय निर्वाचनमा गठबन्धनले निरन्तरता पाउँछ कि पाउँदैन भन्ने विषयमा चर्चा हुन थालेकाे छ ।’

युवा नेता प्रदीप पाैडेल संयाेजक रहेकाे उक्त उपसमितिले गठबन्धन गर्नुकाे उद्देश्य अन्य दललाई निस्तेज पार्नु नरहेकाेसमेत प्रष्ट्याएकाे छ । ‘गठबन्धनकाे लक्ष्य कुनै पार्टीलाई निस्तेज पार्नेभन्दा पनि राजनीतिक क्रान्तिमार्फत् प्राप्त उपलब्धिकाे रक्षा गर्दै राष्ट्र निर्माणमा वैचारिक प्रतिस्पर्धा अँगाल्दै रणनीतिकरूपमा साझा सङ्कल्पसहित उद्देश्य प्राप्तका लागि अघि बढ्नुपर्ने हाे,’ अध्ययनमा भनिएकाे छ ।

०००

 

यस्तै कांग्रेसले कमजोर भएका स्थानमा मात्र मात्र गठबन्धन गरिएको बताएकाे छ । कांग्रेस बलियो भएका स्थानमा आन्तरिक कमजाेरी देखिएको समेत प्रतिवेदनमा उल्लेख छ । यस्तै आन्तरिक कमजोरी व्यवस्थापन गर्न सकेको भए र गठबन्धनलाई थप कसिलाे बनाएको भए ४५० तह सकिने दाबी प्रतिवेदनमा उल्लेख छ । ‘महानगर र उपमहानगरको नतिजा सन्तोषजनक भएन,’ त्यहाँ भनिएकाे छ, ‘हाम्रो समितिले पार्टीले दिएको जिम्मेवारीअनुसार काम गरेका हौँ । यो प्रतिवेदन तथ्यमा आधारित छ । त्यसकारण पार्टीले यसलाई कार्यान्वयन गर्छ, केन्द्रीय समितिमा यसबारेमा छलफल हुन्छ ।’

गत निर्वाचनमा महानगर र उपमहानगरको भागबन्डा केन्द्रबाट गरिएको थियो । स्थानीय तहको सुझाव नलिइएको, जबजस्ती भागबन्डा गर्दा परिस्थितिजन्य तालमेल नभएको प्रतिवेदनमा उल्लेख छ ।

 

प्रतिकृया दिनुहोस्