×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

नेपाल रेलवेका महाप्रबन्धक गुरु भट्टराईलाई स्पष्टीकरण सोधिने

नेपाल रेलवेका महाप्रबन्धक गुरु भट्टराईलाई स्पष्टीकरण सोधिने

सरकारले नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको मंगलबारको बैठकले आचरणविपरीत काम गरेको भन्दै भट्टराईलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

भट्टराई सामाजिक सञ्जालमा मर्यादाविपरीतका टिप्पणी गरेको भन्दै पटकपटक आलोचित हुँदै आएका छन् ।

बैठकले गोरखापत्रका अध्यक्ष कृष्ण मुरारी भण्डारी र सम्पादक सल्लाहकार गोपाल खनालले पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ ।

प्रतिकृया दिनुहोस्