×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

आर्सनलसँग घरमै चेल्सीको हार

आर्सनलसँग घरमै चेल्सीको हार

काठमाडौँ- इंग्लिस प्रिमियर लिग अन्तर्गत आर्सनलले चेल्सीमाथि जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले चेल्सीलाई ४-२ गोल अन्तरले पराजित गरेको हो । 

आर्सनलको जितमा एडी एन्केटिहले दुई गोल गरेका थिए भने एमिल स्मिथ रोव र बुकाया साकाले एक एक गोल गरेका थिए । त्यस्तै चेल्सीका लागि टिमो वेर्नर र सेजार अजपिलीक्वेटाले एक एक गोल गरेका थिए ।

यो जितपछि आर्सनलको ३२ खेलमा ५७ अंक भएको छ र लिगमा पाँचौँ स्थानमा रहेको छ । त्यस्तै चेल्सीको भने ३१ खेलमा ६२ अंक रहेको छ र लिगमा तेस्रो स्थानमा रहेको छ ।

प्रतिकृया दिनुहोस्