काठमाडौँ। नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ। नैकापस्थित आफ्नै निवासमा रहेका बेला एक्कासि स्वास्थ्यमा असहजता महसुस भएपछि उपचारका लागि अस्पताल लैजाने क्रममा उनको निधन भएको हो।
पौडेललाई हृदयघात भएको आशङ्का गरिएको छ। घरमा असहज महसुस हुनासाथ उनलाई तत्कालै नजिकैको बर्न अस्पताल पुर्याइए पनि चिकित्सकहरूले मृत घोषणा गरेको नेकपा संयुक्तका प्रवक्ता दामोदर अर्यालले जानकारी दिएका छन्।
दिवङ्गत पौडेल पुराना निष्ठावान् कम्युनिस्ट नेता मोदनाथ प्रश्रितका एकमात्र छोरा हुन्। उनको परिवारमा श्रीमती, एक छोरा र एक छोरी रहेका छन्।