×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एन्फा महिला लिगको अन्तिम चरण आजबाट

एन्फा महिला लिगको अन्तिम चरण आजबाट

काठमाडौं - एन्फा महिला फुटबल लिगको अन्तिम चरणका खेलहरु विहीबार (आज) बाट सुरु हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ(एन्फा)को आयोजनामा हुने अन्तिम चरणको पहिलो खेलमा बिहीवार विभागीय टोली त्रिभुवन आर्मी क्लब र बागमती युथ क्लबबीच हुँदैछ । दुई टोलीबीचको खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो ३ बजे सुरु हुनेछ ।

आर्मीसँग आफ्नो दुई महत्त्वपूर्ण खेलाडी दिपा शाही र अमिषा कार्कीको साथ हुने छैन । दिपा चोटका कारण लामो समय मैदानबाहिर रहनेछिन् भने अमिषा आर्मी प्रशिक्षणमा छिन् । यता बागमतीका लागि पनि पहिलो चरणमा खेलेका विदेशी खेलाडीहरुको उपस्थिति पक्का भएको छैन ।

पहिलो चरणको लिगमा आर्मी दोस्रो स्थानमा रहेको थियो । कोशी प्रदेशले अन्तिम चरणको लिगबाट नाम फिर्ता लिएपछि छैटौं स्थानको बागमतीले लिगमा मौका पाएको थियो । पहिलो चरणको लिगमा आर्मीले बागमतीलाई ३-० को गोल अन्तरमा पराजित गरेको थियो ।

अन्तिम चरणको लिगमा ५ टोलीलले प्रतिस्पर्धा गर्दैछन् । गत भदौ अन्तिममा भएको पहिलो चरणको लिगमा सहभागी दश टोलीबाट शीर्ष पाँच टोली अन्तिम चरणका लागि छनोट भएका हुन् ।

अन्तिम चरणका लागि छनोट भएको कोशी प्रदेशले आर्थिक कारणले प्रतियोगिताबाट नाम फिर्ता लिएको थियो । कोशीले नाम फिर्ता लिएपछि पहिलो चरणको लिग छैठौं स्थानमा रहेको बागमती युथ क्लबले अन्तिम चरण खेल्ने अवसर पाएको हो ।

माघ १६ गतेसम्म चल्ने अन्तिम चरणको लिगमा विभागिय टोलीहरु नेपाल पुलिस, नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब, वालिङ नगरपालिका र बागमती युथ क्लबले सहभागीता जनाउँदै छन् ।

अन्तिम चरणमा २४ खेल हुनेछन् । लिग चरणको २० खेलपछि शीर्ष ४ टोलीले प्लेअफमा स्थान बनाउनेछन् । लिगका सबै खेलको प्रत्यक्ष प्रशारण हाम्रो खेलकुदको युट्युब च्यानलमा हुनेछ ।

प्रतिकृया दिनुहोस्