×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

एमाले अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री देउवा बालकोट

एमाले अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री देउवा बालकोट

काठमाडौँ- प्रधान मन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । बिहान साढे १० बजे प्रधान मन्त्री देउवा ओलीलाई भेट्न बालकोट पुगेकाे हुन् ।

एमालेले प्रतिनिधि सभा बैठकमा निरन्तर अवरोध गरिराखेको छ । अवरोध हटाउने विषयमा सर्वदलीय बैठक डाक्दासमेत एमाले उपस्थित नभएपछि प्रधान मन्त्री देउवा छलफलका लागि ओली निवास बालकोट पुगेको प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

उनका अनुसार प्रधान मन्त्री देउवा संसद् अवरोध खुलाउने विषयमा ओलीसँग छलफल गरिरहेका छन् । शुक्रबार बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले संसद् अवरोध र न्यायालयको समस्याबारे प्रधान मन्त्री देउवालाई ओलीसँग वार्ता गर्न आग्रह गरेको थियो ।

यसअघि समितिका संयोजकसमेत रहेका कांग्रेस नेता रामचन्द्र पौडेल बालकोट पुगेर ओलीसँग कुरा गरेका थिए ।

 

प्रतिकृया दिनुहोस्