×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चीनमा कोरोना संक्रमित बोकेको बस दुर्घटना, २७ को मृत्यु

चीनमा कोरोना संक्रमित बोकेको बस दुर्घटना, २७ को मृत्यु

काठमाडौँ- चीनमा कोरोना संक्रमित बोकेको बस दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको छ। दक्षिण–पश्चिम प्रान्त उइजोमा बस पल्टिँदा २० जना घाइते भएको बीबीसीले जनाएको छ। दुर्घटनामा परेको बसले कोरोना संक्रमितलाई क्वारेन्टिनतर्फ लाँदै थियो।

दुर्घटनापछि चीनको कोभिडप्रति शुन्य शहनशीलताको नीतिबारे बेइजिङमा आलोचना भइरहेको छ। उइजोमा ७ सय १२ जना सक्रिय संक्रमित छन्। चीनमा कोरोना संक्रमितमध्ये यो संख्या ७० प्रतिशत हो। चीनको कोभिड नीतिबारे अक्टोबरमा हुने चिनियाँ कम्युनिष्ट पार्टीको सम्मेलनमा छलफल हुने बताइएको छ।

२ करोड १० लाख जनसंख्या बसोबास गर्ने बेइजिङमा सार्वजनिक संस्था वा स्थानमा जानुपर्दा प्रत्येक तीन दिनको कोरोना रिपोर्ट लिएर जानुपर्ने नीति छ। एजेन्सी

प्रतिकृया दिनुहोस्