×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एमाले राजनीतिमा विद्याको ‘सेकेन्ड इनिङ्स’, गरिन् सक्रिय हुने घोषणा

एमाले राजनीतिमा विद्याको ‘सेकेन्ड इनिङ्स’, गरिन् सक्रिय हुने घोषणा

काठमाडौं - पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी छन्। मदन भण्डारी फाउण्डेशनले मदन भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले आफू नेकपा (एमाले) को राजनीतिमा पुनः सक्रिय रहने उद्घोष गरेकी हुन्।

‘जबजका तीन दशक’ शीर्षकको कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश र जनताको सेवा गर्ने आफ्नो चाहना अझै बाँकी रहेको बताइन्। उनले भनिन्, "देश र जनताको सेवाका लागि मैले गर्नुपर्ने काम अझै बाँकी छन्।"

सोही क्रममा उनले आफूले एमालेको पार्टी सदस्यता नवीकरण गरिसकेको जानकारी दिँदा कार्यक्रममा उपस्थित कार्यकर्ताहरूले हुटिङ र तालीले स्वागत गरेका थिए।

पार्टीमा सक्रिय हुनुबाहेक आफ्नो कुनै विशेष पद वा जिम्मेवारीको चाहना नभएको पनि उनले स्पष्ट पारिन्। "एमालेमा सक्रिय भएर लाग्नुबाहेक मेरो कुनै विशिष्टकृत चाहना छैन," भण्डारीले भनिन्।

प्रतिकृया दिनुहोस्