×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

किसानलाई ठगेको आरोपमा फर्म सञ्चालक पक्राउ

किसानलाई ठगेको आरोपमा फर्म सञ्चालक पक्राउ

काठमाडौँ- किसानलाई ठगी गरेको आरोपमा सल्यान प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ५० प्रतिशत अनुदानमा कृषि किङ्ग र किसान मिनी टिल उपलब्ध गराउने भनी फरक कम्पनीको मिनी टिलर उपलब्ध गराइ किसानलाई ठगी गर्ने रोल्पाको गंगादेव गाउँपालिका-३ का जलजला सिड फर्म सञ्चालक गंगाराम खत्रीलाई प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रनि अर्जुन पौडेलका अनुसार एउटा कम्पनी भनी अर्को कम्पनीको सामान दिई झुक्याउन खोजेपछि प्रहरीले खत्रीलाई कपुरकोटबाट पक्राउ गरेको हो । खत्रीले साथमा ल्याएका प्रदेश ३-०१-००६ ख ४५ नम्बरको ट्रक नियन्त्रणमा लिई मिनी टिलर (हाते ट्याक्टर) लगायत अन्य सामग्री समेत बरामद गरेको प्रहरी प्रवक्ता पौडेलले बताए ।

आफूले फाइदा लिने नियतले झुटो लिखत बनाइ किर्ते गरी किसानलाई झुक्याएर ठगी गर्न खोजेको भन्दै पक्राउ गरेको गरिएको हो । बरामद गरेका सामानहरूमा कृषि किङ्ग ब्रान्डको मिनी टिलरमा डिजाइन इन्डिया लेखिएका १७८ डिजल मिनिटिलर ६२ थान, १७३ डिजल मिनिटिलर ३ थान, मिल एक थान, ब्रस कटर सात थान, मोबिल ६० बोत्तल, गियर आयल ७५ बोत्तल, इन्डक्सन मोटर एक थान, ब्रेस ब्लेड दुई थान रहेका छन् ।

खत्रीलाई ठगी तथा किर्ते गरेको कसुरमा जिल्ला अदालत सल्यानबाट सात दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासत कक्षमा राखेर थप अनुसन्धान भइरहेको छ ।

प्रतिकृया दिनुहोस्