काठमाडौँ – राष्ट्रिय सभा अध्यक्ष कोमल वलीले प्रतिनिधि सभा सभामुख अग्निप्रसाद सापकोटाको राजीनमा माग गरेकी छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै वलीले सभामुखको राजीनामा माग गरिन् । उनले बिरामी र औषधिको उदारहण दिँदै सभामुखले प्रतिनिधि सभालाई बिरामी पारेको आरोप लगाइन् । उनले राष्ट्रिय सभामा नेकपा एमालेको अवरोध कायमै रहेको जानकारी दिइन् । एमालेको अवरोधकैबीच राष्ट्रिय सभा बैठक अघि बढेको छ ।