×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

प्रवास

नयाँ नयाँ निकाल्न जुक्ति, एनआरएनए जापानको उपाध्यक्षमा व्यबसायी मुक्ति

नयाँ नयाँ निकाल्न जुक्ति, एनआरएनए जापानको उपाध्यक्षमा व्यबसायी मुक्ति

जापान । मातृभुमी र जापानलाई जोड्ने अभियान सहित आगामी एनआरएनए जापानको उपाध्यक्ष पदमा युवा व्यवसायी मुक्तिराम खनाल (विनोद) ले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । गैर आवासिय नेपाली संघ (एनआरएनए) जापानको आगामी २०२५-२०२७ दुई बर्षे कार्यकालका लागी पुर्व महासचिव समेत रहनुभएका खनालले उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

एनआरएनए जापानकाृे चुनावी माहोल एकाएक बढिरहेको बेला सामाजिक सन्जाल मार्फत उम्मेदवारी घोषणा गर्दै जापान भित्रको बसाई, स्वास्थ्य, रोजगारी, आर्थिक विकास, सामाजिक, साँस्कृतिक, राजनैतिक प्रवर्धनका साथै भैपरी आईरहेका समस्याहरुलाई न्यूनीकरण गर्नका लागी हातेमालो गर्न सबै जापान बासी नेपालीहरुमा अनुरोध गर्नुभएको छ । जापानमा बसेर बिभिन्न सामाजिक काममा सक्रिय रहनुभएका खनाल सस्थालाई एकिकृत गर्दै मातृभुमी नेपाल र जापानसगँ जोड्ने ध्येय सहित चुनावी माहोलमा होमीनुभएको हो । बिध्यार्थीका समस्या, सामाजिक सास्कृतिक स्वस्थ्य लगायत विभिन्न समस्याहरुको निराकरण गर्न नयाँ नयाँ योजनाहरु ल्याएर कार्यन्वयन गर्न सकिने दृढ संकल्प सहित उपाध्यक्षमा आफनो उम्मेदवारी रहेको हामीसगँको कुराकानीमा जानकारी गराउनु भएको छ ।

जापान भित्रको हाम्रो नेपाली समाज पनि दिनहुँ फराकिलो भईरहेको अबस्थामा उक्त समाजको नेतृत्व गर्न समाज भित्रका आधारभूत तत्वहरुको समन्वय गर्दै समाज प्रतिको जवाफदेहिताको गहन जिम्मेवारी बहन गर्ने प्रतिवद्धताका साथ निर्वाचनमा होमिएको जानकारी गराउनु भएको छ । 

 

प्रतिकृया दिनुहोस्