×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

हिउको पहिरोमा पुरिएर ८ जना बेपता

हिउको पहिरोमा पुरिएर ८ जना बेपता

काठमाडौं-  दार्चुलामा हिमपहिरोमा पुरिएर आठ जना बेपत्ता भएका छन् ।  मंगलबार दिउँसो २ : ४५ बजेतिर यार्सागुम्वा टिप्न गएकाबेला हिमपहिरोमा परी ती व्यक्ति बेपत्ता भएका हुन् ।  

दार्चुलाको व्यास गाउँपालिका –१ को भोलममा हिमपहिरोमा पुरिएर आठ जना बेपत्ता भएको शसस्त्र प्रहरी गुल्म छाङ्ग्रुका प्रमुख, सशस्त्र प्रहरी नायव उपरीक्षक तर्क पाण्डेले बताउनुभयो । उहाँले नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ गएको बताउनुभयो । सो टोली पुगेपछि घटनाबारे विस्तृत विवरण प्राप्त हुन्छ प्रनाउ पाण्डेले बताउनुभयो । 

बेपत्ता हुनेहरु स्थानीयबासी नै रहेको अनुमान गरिएको छ । यार्सा टिप्न स्थानीय जाने गर्छन् बाहिरबाट त्यहाँ कोही जाँदैनन् दार्चुलाका पत्रकार मनोज बडूले बताउनुभयो ।  

प्रतिकृया दिनुहोस्