×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

उड्न लागेको विमानभित्र भेटियो मुसा

उड्न लागेको विमानभित्र भेटियो मुसा

काठमाडौं-  जनकपुरबाट काठमाडौं उड्न लागेको विमानमा मुसा भेटिएपछि उडान स्थगित भएको छ ।

शनिबार बिहान जनकपुरबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको विमानमा यात्रुले मुसा देखेपछि उडान स्थगित भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले विमानमा मुसा देखिएको पुष्टि गरे  । ४९ जना यात्रुको बोडिङ भइसकेपछि जहाजमा मुसा देखिएको हो ।

काठमाडौंबाट अर्को विमानमा इन्जिनियर गएर विमानको परिक्षण गरेपछि मात्रै उडान गर्ने प्राधिकरणले जनाएको छ ।

जनकपुरस्थित बुद्ध एयरका कर्मचारी सन्दीप लामाले प्राविधिक जाँचका लागि केही बेर विमान होल्ड गरिएको जानकारी दिए ।

प्रतिकृया दिनुहोस्