×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

संस्थापन पक्षसँग नेपालले औंल्याएका यी ३ विषय

संस्थापन पक्षसँग नेपालले औंल्याएका यी ३ विषय

केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको तिक्तताले पछिल्लो समय एमालेलाई गाँजेको छ । दोस्रो तहका नेताहरुले ओली–नेपाललाई सँगै राखेर प्रष्टसँग भनेका छन्-‘तपाईंहरु मिल्नुस् । हामी ठिक छौँ ।’ यति हुँदाहुँदै पनि ओली–नेपाल मिल्न सकिरहेका छैनन् । त्यसो त मिलेरै जाने भनेर दर्जनौं पटक ओली–नोपलबीच एक्लाएक्लै भेटवार्ता भयो, तर सहमति भने भेटिएन । यत्तिसम्म कि, नेपालले सदनमा विपक्षी दलका प्रधानमन्त्रीलाई विश्वासको मत दिने अवस्था बन्यो ।

एमाले मिलाउनैको लागि भन्दै ओली–नेपाल भेटे, कार्यदल बन्यो, कार्यदलमा दिनै संवाद तथा छलफलहरु भए, दोस्रो तहका नेताहरु अनौपचारिक रुपमा पनि दर्जनौं पटक भेटे । तर, त्यहाँ पनि सहमति भेटिएन ।

प्रतिकृया दिनुहोस्