×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

कार्यदलका नेताहरुलाई झाँक्रीको प्रश्‍न - धार लगाएको मुसलमा टाउको हाल्ने नै हो कमरेड ?

कार्यदलका नेताहरुलाई झाँक्रीको प्रश्‍न - धार लगाएको मुसलमा टाउको हाल्ने नै हो कमरेड ?

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले कार्यदलमा रहका आफ्ना समूहका नेताहरुलाई कटाक्ष गर्दै प्रश्‍न गरेकी छन् । उनले कार्यदल एमाले एकताका लागि सहमति नजिक पुगेको भन्‍ने समाचारहरु बाहिरिएपछि सामाजिक सञ्‍जालमार्फत आफ्नो समूहका नेताहरुलाई प्रश्‍न गरेकी हुन् । 

उनको प्रश्‍न छ,'धार लगाएको मुसलको मुनि ओखलमा टाउको हाल्ने नै हो त कमरेड ?'  प्रधानमन्त्री ओलीले फेरि पनि धोका दिनसक्नेतर्फ संकेत गर्दै नेतृ झाँक्रीले यस्तो बताएकी हुन् ।

उनले ओलीले यसअघि पटक/पटक धोका दिँदै आएको र भोलिका दिनमा पनि सहमति कार्यान्वयनमा इमान्दार नहुने भन्दै एकता सम्भव नभएको बताउँदै आएकी थिइन् । तर, विगत एक साताभन्दा अघि देखि बसेको कार्यदलले भने एकताका लागि सहमति भइरहेको बताएका छन् । कार्यदलले आइतबार नै सहमति घोषणा गर्नसक्ने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस्