×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कांग्रेस संसदीय दलको बैठक बस्दै, के छ विषय ?

कांग्रेस संसदीय दलको बैठक बस्दै, के छ  विषय ?

काठमाडौं- नेपाली कांग्रेस संसदीय दलको बैठक आज दिउँसो १ बजे बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनुअघि कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो ।

संसदीय दलको कार्यालयमा बस्ने आजको बैठकमा संसदमा कसरी प्रस्तुत हुने, सरकारलाई विश्वासको मत दिने/नदिनेलगायत विषयमा छलफल हुने बताइएको छ । 

बैठकअघि शुक्रबार पार्टी सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले पदाधिकारीसँग छलफल गरेका थिए । सो बैठकमा संसदीय दलको बैठकको तयारी र समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो ।

देउवा निवासमा भएको छलफलमा उससभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पार्टीका मुख्य सचेतक रमेश लेखक सहभागी थिए ।

गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि प्रतिनिधिसभाको अधिवेशन यही २५ पुसदेखि प्रारम्भ हुँदैछ । निर्वाचनबाट कांग्रेसले प्रतिनिधिसभामा ८९ सिट जितेर सबैभन्दा ठूलो दल बने पनि प्रतिपक्षमा बस्नुपर्ने अवस्था छ । संघीय ससंद्को तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड एमालेसहित सात दलको समर्थनमा १० पुसमा प्रधानमन्त्री नियुक्त भएका थिए ।

उनले आगामी मंगलबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदैछन् । 

प्रतिकृया दिनुहोस्