×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

धरौटीमा रिहा भए वनएक्स बेटको प्रचार गर्ने कलाकार र युटुबर

धरौटीमा रिहा भए वनएक्स बेटको प्रचार गर्ने कलाकार र युटुबर

काठमाडौं - अनलाइन  सट्टेबाजी वनएक्स बेटको प्रचार तथा कारोबारमा संलग्न रहेको आरोप लागेका ११ जनालाई अदालतले धरौटीमा छोड्न आदेश दिएको छ । बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको एकल इजलासले यस्तो आदेश दिएको हो ।

प्राप्त जानकारी अनुसार वनएक्स बेटको एजेन्ट बताइएका दिनेश खड्कालाई १० लाख र अनिता धिताललाई पाँच लाख रुपैयाँ धरौटीम रिहा गर्न आदेश दिइएको छ । त्यस बाहेक कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु पौडेल) तथा बेगम नेपाली (भट्भटे माइला) , युट्युबर पवन खतिवडा (म्याकुरी), एलिश राई, जलन घर्तिमगर (जलन), गणेश देवकोटा (गणेश जीडी) र सरोज घिमिरे (ढेंडु बुढो) लाई जनहरी पाँच हजार रुपैयाँ धरौटी तोकिएको छ ।

प्रहरीले नेपालमा अवैध बेटिङ प्रचारमा संलग्न रहेको आरोपमा आठ जना युट्युबर तथा कलाकारलाई गत ३२ जेठमा पक्राउ गरेको थियो । उनीहरूले सोझा मानिसहरूलाई गेम खेलेर वा गेमको प्रेडिक्सन गरेर घरमै बसीबसी पैसा कमाउन सकिने लोभ देखाउने गरेका थिए ।

त्यसका लागि उनीहरूले आफ्नो युट्युब च्यानलमा अपलोड भएका भिडिओ/वा डिस्क्रिप्सनमा बेटिङ एपको प्रोमो कोडसहित त्यससम्बन्धी प्रचार सामग्री राख्ने गर्थे । चाबहिल बस्ने २९ वर्षीय दिनेश खड्का र उनकी प्रेमिका २८ वर्षीया अनिता धितालसहित पाँच जनालाई भने अनलाइन बेटिङको एजेन्ट रहेको आरोपमा प्रहरीले ३१ जेठमा पक्राउ गरेको थियो ।

प्रतिकृया दिनुहोस्