×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बाढीले बगाउँदा २४ जनाको मृत्यु, १९ जना बेपत्ता

बाढीले बगाउँदा २४ जनाको मृत्यु, १९ जना बेपत्ता

काठमाडौँ- इरानको राजधानी तेहरान नजिकै दुई दिनदेखि आएको बाढीका कारण कम्तीमा २४ जनाको मृत्यु भएको छ भने अन्य १९ जना अझै बेपत्ता भएका छन् ।

‘पश्चिममा इमामजादेह दाउद गाउँ र तेहरानको पूर्वमा फिरौजकौह, रौदेहेन र दामाभान्ड क्षेत्रहरूमा भारी वर्षा र बाढीका कारण २४ जनाको मृत्यु भएको छ’ रेड क्रेसेन्टको विज्ञप्तिमा भनिएको छ ।

बाढीमा हराइरहेका १९ जनाको खोजी भइरहेको जनाइएको छ । इरानको सामान्यतया सुख्खा दक्षिणी क्षेत्रमा आएको बाढीले २२ जनाको ज्यान गएको एक साताभन्दा कम समयपछि तेहरान नजिकैको अल्बोर्ज पहाडको फेदमा बाढी आएको हो । इरानले विगत दशकमा बारम्बार खडेरीका अतिरिक्त  मुसल धारे वर्षापछिको बाढी पनि सामना गरेको छ ।

प्रतिकृया दिनुहोस्