×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

संविधान दिवसको शुभकामना दिदै माधव नेपालले भने, पाँच दलीय गठबन्धनले संविधानको रक्षा गर्‍यो

संविधान दिवसको शुभकामना दिदै माधव नेपालले भने, पाँच दलीय गठबन्धनले संविधानको रक्षा गर्‍यो

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनले संविधानको रक्षा गरेको बताएका छन् । सातौं संविधान दिवसको अवसरमा शुभकामना विज्ञप्ति जारी गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । ‘अहिले पनि प्रतिगामी र दक्षिणपन्थी शक्तिहरु संविधानको विरुद्ध लागिरहेको हामी सबैले अनुभूति गरिरहेका छौ’, नेपालको शुभकामना सन्देशमा उल्लेख छ ।

तर मुलुकलाई प्रतिगमनबाट पाँच दलीय गठबन्धनले जोगाएको पनि अध्यक्ष नेपालले उल्लेख गरेका छन् । ‘पाँच दलीय गठबन्धनको नेतृत्वमा भएको सडक आन्दोलनले मुलुकलाई प्रतिगमनबाट जोगाउन र संविधाको रक्षा गर्न सफलता प्राप्त गरेको हो’, शुभकामना सन्देशमा उल्लेख छ । अध्यक्ष नेपालले संविधानको मर्म र भावनालाई व्यवहारमा रुपान्तरण गर्न समेत आह्वान गरेका छन् ।

प्रतिकृया दिनुहोस्