प्रधानमन्त्री शेरबहादुर देउवा भोलि इलाम जाने भएका छन् । बाढीपहिरोले पुर्याएको क्षति निरीक्षणका लागि देउवा इलाम जान लागेका हुन् ।
इलामका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काका अनुसार मौसमले साथ दिए प्रधानमन्त्री देउवाले सूर्योदय नगरपालिकादेखि सुरु गरी पश्चिमी गाउँहरूसम्म पुगेर बाढी प्रभावित क्षेत्रको अवलोकन गर्ने कार्यक्रम छ ।
‘प्रधानमन्त्री देउवाले बाढी–पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्नुहुनेछ,’ प्रजिअ खड्काले भने, ‘मौसमले साथ दिए गरेर पीडितसँगसमेत छलफल गर्नुहुनेछ ।’ प्रधानमन्त्रीले बाढी–पहिरोको क्षतिबारे इलाम र पाँचथरका प्रमुख जिल्ला अधिकारीको ब्रिफिङ सुन्ने कार्यक्रम पनि छ । प्रधानमन्त्री देउवा बिहान ८ बजे काठमाडौंबाट हिँड्ने कार्यक्रम रहेको बताइएको छ ।