×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नर्सको लिखित परीक्षाको नतिजामा नाम नभएकी परीक्षार्थी उत्तीर्ण

नर्सको लिखित परीक्षाको नतिजामा नाम नभएकी परीक्षार्थी उत्तीर्ण

 

काठमाडौँ  - कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको स्टाफ नर्सको परीक्षामा लिखित परीक्षाको नतिजामा नाम नभएकी परीक्षार्थी उत्तीर्ण भएपछि विवाद भएको छ ।लिखितमा नाम नभएकी सपना न्यौपानेको मौखिक पछिको परीक्षामा नम्बर एकमा नाम निक्लेको भन्दै प्रतिष्ठानले  अस्ति सूचना निकाले पछि चौतर्फी आलोचना भइरहेको छ ।

प्रतिष्ठानले  लिएको लिखित परीक्षामा स्टाफ नर्स पदको लिखित परीक्षाका लागि जम्मा ५० जना सहभागी हुन सूचना जारी गरेकोमा सपना न्यौपानेको नाम नभएकाे तर मौखिक परीक्षा पछिको अन्तिम नतिजामा नाम प्रकाशन भएपछि विवाद भएकाे हाे। 
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका रजिस्ट्रार नृपेन्द्र महतले कुनै नियतवश नभइ प्राविधिक त्रुटिका कारण यस्ताे भएकाे बताउनु भएकाे छ ।
'कुनै नियतवश यस्ताे कार्य गरिएकाे हैन । कोडिङ प्रणालीमा सजिलो होला भन्ने हिसाबले गरिएको थियो । अर्कैकोमा कोडिङ परेको रहेछ ' उहाँले भन्नुभयाे । 

जिल्ला समन्वय समिति जुम्लाले छानबिन गर्न स्थानीय प्रशासनलाई पत्राचार गरेकाे छ । गम्भीर त्रुटि भएपछि जिल्ला समन्वय समितिले स्थानीय प्रशासनलाई पत्राचार गरेको कार्यवाहक प्रमुख कार्मा बुढाले जानकारी दिनुभयो । स्थानीय प्रशासनलाई जिसस जुम्लाले भदौ ३१ गते पत्राचार गरेकाे हाे ।
पत्राचारमार्फत परीक्षाको वास्तविकतामाथि छानबिन गरेर परीक्षार्थीलाई न्याय दिलाउन र प्रतिष्ठानको छवि बचाउन आग्रह गरिएकाे छ । 
प्रतिष्ठानमा कहिलेकाँही यस्ता लापर्बाहीका घटना हुने गरेका छन् । यसअघि पूर्व उपकुलपति प्राध्यापक डाक्टर राजेन्द्रराज वाग्लेको समयमा एक परीक्षा लिखित स्थान राष्ट्रिय पत्रिकामा समेत जुम्ला केन्द्र तोकिए पनि काठमाण्डौ गरेपछि विद्यार्थी आन्दोलित भएका थिए ।

प्रतिकृया दिनुहोस्