×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

काठमाडौंमा चिनियाँ नागरिकले सञ्चालन गरेका कल सेन्टरमा प्रहरीको छापा, २० भन्दा बढी पक्राउ

काठमाडौंमा चिनियाँ नागरिकले सञ्चालन गरेका कल सेन्टरमा प्रहरीको छापा, २० भन्दा बढी पक्राउ

काठमाडौं- काठमाडौंमा चिनियाँ नागरिकले सञ्चालन गरेका कल सेन्टरमा प्रहरीले छापा मारेको छ । काठमाडौं प्रहरी परिसर, नगर प्रहरी र प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले तीनकुने र गैह्रीगाउँका तीन ठाउँका कल सेन्टरमा छापा मारी कागजात नियन्त्रणमा लिएको छ ।

कल सेन्टरबाट एक चिनियाँसहित २० भन्दा बढीलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । उनीहरुले कल सेन्टर सञ्चालन गरेर अवेध धन्दा गरेको प्रहरीले दाबी गरेको छ । परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार यस सम्बन्धमा अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार काठमाडौं उपत्यकाका अन्य स्थानमा पनि गैरकानुनी रूपमा कल सेन्टर सञ्चालन गरेको आशंकामा सादा पोसाकसहितको टोली निगरानीमा खटाइएको छ ।

यसअघि आइतबार रुपन्देहीको तिलोत्तमास्थित जानकीनगरमा भारतीय लगानीकर्ताहरुले चलाएको कल सेन्टरमा पनि प्रहरीले छापा मारेको थियो । ब्लु स्काई बिजनेस सोलुसन प्रालि नामक कल सेन्टरबाट अश्लील म्यासेज पठाउने, चिठ्ठा पर्‍यो भनी ठगी गर्ने काम भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रतिकृया दिनुहोस्